मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पेप्सीकोला सनसिटी एपार्टमेण्टका एकै परिवारका तीन जनालाई कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 568
    SHARES

भक्तपुर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

अपार्टमेन्टको इ ब्लकमा बसिरहेका उनीहरु १८ दिनअघि बेलायतबाट आएका हुन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मीले कोरोना पोजेटिभ देखिएका तीनैजनालाई पाटन अस्पतालमा आइसोलेशनमा पठाइएको पुष्टी गरे । उनका अनुसार सनसिटी अपार्टेमेन्टलाई प्रहरीले सील गरेको छ ।

कहिलेकाहीँ र्‍यापिड किटले शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी देखाए पनि कोरोना भाइरस नहुन सक्छ। बाग्लुङकी एक महिलाको परीक्षणमा किटले पोजेटिभ देखाए पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।

एन्टिबडीले कोरोना भाइरस नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ। त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक परीक्षणमा एन्टिबडी देखाए पनि कोरोना भाइरस भने नष्ट भइसकेको हुन सक्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)