शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाको सम्भावित जोखिमबाट बच्‍न सबैखालको तयारी गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 416
    SHARES
फाईल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्‍न सबैखालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हिजो साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उहाँले सबै खालको तयारी गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसका साथसाथै आगलागी, चट्याङ, बाढीपहिरोबाट बच्नका लागि मन्त्रालयहरुले पूर्ण तयारी गर्न र जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीले विपद्का सूचना सङ्कलन प्रभावकारी रुपमा गर्नुपर्ने, सूचनाहरुको सही रुपमा तथ्याङ्क राख्‍नुका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी जनचेतनामूलक काम गर्न सबै मन्त्रीलाई निर्देशन दिनुभयो ।

परिषद्का प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलका अनुसार बैठकमा कोरोना भाइरसलगायत सबै खालको विपद् बाट हुने जोखिमका विषयमा छलफल भएको छ ।

बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपालका काँग्रेसका सभापति नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा मन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }