काठमाडौं । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना संक्रमण परीक्षण सुरु भएको छ । अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा कोरोना संक्रमण भएको देखिएपछि त्यहाँ बस्ने सबैको परीक्षण सुरु गरिएको हो ।
अपार्टमेन्टमा लण्डनबाट आएर बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए को छ ।
संक्रमितहरुको पाटन अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएको परिवार अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएका थिए। अपार्टमेन्टमा ४०० भन्दा बढी परिवार बस्दै आएका छन् ।
हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएका प्रहरी टोलीले अपार्टमेन्टलाई घेराबन्दी गरेको छ ।
