बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा रसुवाद्धारा विपद व्यवस्थापन समितिलाई खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 632
    SHARES

नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटी रसुवाले जिल्ला विपद व्यवस्थापन समितिलाई खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्लामा कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री तथा ज्याला मजदुरी गर्नेहरुका लागि खाद्य सामाग्री सहयोग गरिएको हो ।

मंगलबार नेकपा रसुवाका अध्यक्ष कर्णेल तामाङ र पूर्व सांसद तथा नेकपा रसुवाका नेता जनार्दन ढकालले प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई स्वास्थ्य तथा खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटी रसुवाले बिपद ब्यबस्थापन समितिलाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न उपलब्ध गराएको बताइएको छ ।

जिल्ला बिपद कोषमा मार्फत बितरण हुने गरि नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि रसुवाको तर्फबाट ९ हजार पिस सर्जिकल मास्क, २ हजार पिस स्वास्थ्य सामाग्री र नेकपा रसुवाका नेता एवम् पूर्व सांसद जनार्दन ढकालबाट १५ सेट पिपिई, १ सय ६९ बोटल ह्यान्ड स्यानेटाइजर र ४ सय बोरा जिरा मसिनो चामल गरिएको हो ।

नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटी रसुवाले प्रदान गरेका सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले सहज हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }