मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धार्मिकस्थलमा जम्मा भएर बसेको पाइए क्वारेन्टाइनमा राखिने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 342
    SHARES

रसुवामा धार्मिकस्थलमा जम्मा भएर बसेको पाइए क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बुधबार बसेको जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभित्रका धार्मिकस्थलमा जम्मा भएर बसेको पाइए क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

जिल्ला भित्र रहेका मन्दिर , गुम्बा , चर्चहरु लगायत सामुहिक भेला जम्मा हुने सार्वजनिक स्थलमा मानिसहरु जम्मा हुने तथा आश्रय लिई बसेको पाईएमा तत्काल नियन्त्रणमा लिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

नियन्त्रणमा लिएकाहरुको ट्राभल, कन्ट्रयाक हिस्ट्री र आवश्यकताको आधारमा क्वारेन्टाइनमा राख्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)