मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले सिल गरेपछि नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 753
    SHARES

काठमाडौं । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नेपालको पूर्वी नाका आजबाट सिल गरेको छ । यसबाट नेपालतर्फको आयात निर्यात समेत ठप्प भएको छ । भारतको पश्चिम बंगाल सरकारले नाका बन्द गरेको तथा नाका नै सिल गरेर आयात निर्यात नै ठप्प बनाएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

आज बिहीबारदेखि बन्द गर्ने भन्दै बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गरेको छ । सो पत्रमा भन्सार कार्यालयले अनश्चित कालका लागि कारोवार रोक्न निर्देशन दिएको जनाइएको छ ।

पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिस्नर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रि रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको बताइएको छ ।
भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प हुने भएको छ । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात धेरै भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)