मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा गाई काटेको अभियोगमा पाँच जना पक्राउ


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 582
    SHARES

रसुवामा गाई काटेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका ४ मनिगाउँका ३० वर्षिय राम हरि तामाङ, २१ वर्षिय भुवन गलान, २० वर्षिय सन्तबहादुर थिङ, २० वर्षिय दिपेन्द्र थिङ र ३५ वर्षिय बाटुली थिङ रहेका छन् ।

बिहिबार बिहान करिब ५ बजे जिल्लाको कालिका गाउँपालिका २ बस्ने नन्दकुमारी ढकालले आफनो गोठको गाई चोरी भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय कालिकास्थानलाई जानकारी गराएकि थिइन् ।

प्रहरीले खोजतलास गर्दा बुधबार राती चोरी गरि एकान्त जंगलमा लगि मासु लगेको पाइएपछि गाइको मासु सहित पाँचै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक इन्द्र सुवेदीले बताए ।

लकडाउनको समयमा सुनसान अवस्थामा चोरी गरि काटेको पाइएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई चोरी तथा पशुपन्छी सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)