मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय मानव अधिकार आयोग व्दार दैनिक ज्यालादारी गरेर खानेहरु घर जाने क्रममा विचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 641
    SHARES

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खानेहरु घर जाने क्रममा विचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन लामो समय भएका कारण सीमित खर्चबाट जीविका गर्दै आएका मानिस घर जाने क्रममा अलपत्र परेका अनुगमनबाट पाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, धादिङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीलगायत कतिपय जिल्लामा सीमा नाकामा कडाइ भई दैनिक हजारौँ नागरिक विचल्लीमा परेको पाइएको छ ।

अनुगमनका क्रममा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रमा रोजगारीका लागि आएका असङ्गठित रुपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, स्वास्थ्य उपचारका लागि हिँडेका बिरामी, घर बहालमा बस्ने सीमान्तकृत वर्गका समुदाय थातथलो फर्कने क्रममा बाटोमा अलपत्र परेको अनुगमनबाट देखिएको हो ।

खाद्य अधिकार व्यक्तिको आधारभूत मानव अधिकारका साथै जीवनको अधिकारसँग समेत अन्योन्याश्रित हुने भएकाले नेपालको संविधानले व्यक्तिको बाँच्न पाउने अधिकारको सम्मान, संरक्षण र सुरक्षा गर्न आयोगले तीनै तहका सरकारसँग आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण उत्पन्न वर्तमान परिस्थिति र सङ्कटको अवस्थामा सरकारद्वारा घोषित लकडाउनको पूर्ण पालना गर्न गराउन तथा आफ्नो अधिकारको प्रयोग गर्दा प्रत्येकले आफ्नो कर्तव्य र दायित्व समेतको पालना गर्न आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)