चीनबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् ।
बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाज शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।ती जहाजमा कोरोना भाइरसको परिक्षण र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् ।
निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।
