बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन अवधिभर इन्टरनेट नकाट्न र बिलम्ब शुल्क नलिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 681
    SHARES

नेपाल दूरसंचार प्राधिकरणले लकडाउनको अवधिमा कुनैपनि ग्राहकहरुको इन्टरनेट सेवा नकाट्न र बिलम्ब शुल्क नलिन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले सार्वजनिक सूचनामार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिँदै कुनैपनि सेवाग्राहीको सेवा लकडाउन अबधिभर नकाट्न र जरिवाना नलिन समेत निर्देशन दिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिँदै अनलाईनबाट रकम लिने व्यवस्था गर्न समेत भनेको छ । प्राधिकरणले केहि इन्टरनेट सेवा प्रदायकले ग्राहकहरुको सेवा काटेको गुनासो प्राप्त भएको भन्दै त्यसले सर्वसाधारणलाई नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।

‘संभव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्नु र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत बन्दाबन्दी अवधिभरनिरन्तर संचालन हुने गरि लकडाउन अवधिपश्चात बिलम्ब शुल्कनदिई भुक्तानी लिने व्यवस्था मिलाउन इन्टरनेट ईमेल सेवा प्रदायकलाई निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }