मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनआरएनएद्धारा ७ वटा अस्पतालहरुलाई पिपिई हस्तान्तरण


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 727
    SHARES
 गैरआवासीय नेपाली संघले विभिन्न सातवटा अस्पतालहरुलाई स्वास्थ्य सम्बन्धी सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, पिपिई) वितरण गरेको छ ।
गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार शुक्रवार ७ वटा अस्पताललाई  १ सय २५ वटा पिपिइ वितरण गरेको छ ।
संघले नारायणी अन्चल अस्पताल २५, सगरमाथा अन्चल अस्पताल  २०, जनकपुर अन्चल अस्पताल  २०, बारा जिल्ला अस्पताल १०, रौतहट जिल्ला अस्पताल १०, केन्द्रीय कारागार अस्पताल १५, भरतपुर क्यान्सर अस्पताल  २५,  थान पिपिइ हस्तान्तरण गरिएको हो ।
 गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालयमा आयोजित  एक कार्यक्रमका बीच संघको तर्फबाट उपाध्यक्ष सोनाम लामाले ती सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)