मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्माण व्यवसायी महासंघले समस्या भएका श्रमिकलाई खानाको व्यवस्था गरिदिने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 643
    SHARES

नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माताहातका उपत्यका भित्र निर्माण कार्यमा काम गरिरहेका निर्माण कम्पनीमा आवद्ध मजदुरहरुको समस्यालाई सम्वोधन गर्ने भएको छ । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका मजदुरहरुका समस्या पहिचान गरी आवश्यक सम्बोधन गर्ने भएको हो । महासंघले शुक्रबार एक सूचना जारी गर्दै उपत्यका भित्र निर्माण कार्यमा संलग्न मजदुरको तथ्यांक पठाउँन निर्माण कम्पनीहरुलाई भनेको छ ।

लकडाउनको कारणले परेको असरको व्यवस्थापन गर्नका लागि श्रमिकको तथ्यांक आवश्यक भएको हुँदा त्यसलाई पहिचान गरी उपत्यकामा बसेका श्रमिकहरुको तथ्यांक फोन वा भाइवर मार्फत् टिपाउँन सबै निर्माण कम्पनीलाई निर्देशन दिइएको महासंघका अध्यक्ष रवि सिंहले बताए । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले खाना खान नपाएको भन्ने खबर आएको र त्यस्तालाई लकडाउन अवधि भरी कम्पनीले खानाको व्यवस्थापन गर्नका लागि तथ्यांक संकलन गरी अगाडि बढ्ने उनले जानकारी दिए । कतिपय श्रमिकलाई घर जाने चाहाना भएको र त्यस्तालाई के गर्ने भन्ने विषयमा पनि सरकारसँग छलफल हुने उनको भनाई छ ।

महासंघले उपत्यका भित्रका श्रमिकको संख्या र अवस्था सहितको विवरण  अध्यक्ष, महासचिव र कार्यालय प्रमुखको मोवाइलमा फोन गरी टिपाउन अनुरोध गरेको छ ।
महासंघले सम्पर्कका लागि अध्यक्ष रवि सिंहको मो.नं. ९८५१०३६०१४ महासचिव रोशन दाहालको मो.नं. ९८५११२४५८३ र कार्यालय प्रमुख प्रेम सिंह ऐरको मो.नं. ९८४१२६३५३९ उपलब्ध गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)