मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा नुवाकोटको सिमानामा पुल निर्माणको कामले तिब्रता पाउदै


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 1.0K
    SHARES

रसुवा र नुवाकोट सिमानामा रहेको बेत्रावती स्थित फलाखु खोलामा पुल निर्माणको कामले निरन्तरता पाएको छ ।
बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अधिकांश ठाउँहरुमा कामदार अभाबमा निर्माणका गतिविधिहरु रोकिएपनि स्थानिय कामदार भएका कारण रसुवा र नुवाकोट सिमा क्षेत्र बेत्रावतीमा पुल निर्माणको कामले निरन्तरता पाएको हो ।
हिमदुङ एण्ड ठोकर कन्ट्रक्सनले बाहिरी जिल्लाका मानिसहरुलाई काममा नराखि आवश्यक सामग्री जुटाएर काम गरिएकोले पुलको कामले निरन्तरता पाएको गल्छी त्रिशुली,स्याफु्रबेसी,रसुवागढी सडकका आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । लकडाउन सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको र कामदारहरु पनि स्थानीय भएकाले कामले निरन्तरता पाएको उहाँले बताउनुभयो ।

निर्माणको काम अगाडि बढेसँगै पुल निर्माण गर्दा राखिएका लठ्ठाहरु बर्षातको समयमा खोलाले बगाउने सम्भावना बढी हुने हुँदा कामलाई निन्तरता दिइएको आयोजनाले जनाएको छ ।
रसुवागढी जोड्ने ८२ किलोमिटर लामो सडकमा एघार वटा पुल निमार्ण हुने छन ।

गल्छी देखि मैलुङबेसि सम्मको सडकको चौडा गर्ने काम देखि कालो पत्रे गरने कामहरु रोकिए पनि पुलको काम भने धमाधम भइरहेकोछ ।राष्ट्रिय गौरवको आयोजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजनाले ६० प्रतिशत काम सकेको जनाएको छ ।

यो सडक गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर लामो सडकमा एघार वटा पुल निमार्ण हुने छन । आयोजनाले ३ खण्डमा काम गरिरहेको छ । पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)