शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समाजवादी र राजपाबीच पार्टी एकताको घोषणा, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 549
    SHARES

काठमाडौं,  राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार पार्टी एकताको घोषणा भएको छ ।

सरकारले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याएको ४८ घन्टा नपुग्दै दुई पार्टीबीच एकताको घोषणा भएको हो ।

एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राखिएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा  राख्ने सहमति भएको छ।  लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादी वीच पार्टी  बुधबार एकिकरणको सहमति बनेको हो ।

समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन् । यद्यपि, समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत केही नेता यस प्रक्रियामा असहमत रहेको जनाइएको छ ।

एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

राजपा अध्यक्षमण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादव भने एकता प्रक्रियामा उपस्थित भएनन् । उनीहरू काठमाडौं बाहिर रहेकाले एकता प्रक्रियामा सहभागी नभएको राजपाले जनाएको छ ।

पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन् । राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }