बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औंलो रोगको संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 426
    SHARES

क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औंलो रोगको संक्रमण देखिएको छ ।

देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । कुन ठाउँको क्वारेन्टाइनमा बसेका कति जनामा संक्रमण देखिएको हो भन्ने विषयमा भने मन्त्रालयले केही जानकारी दिएको छैन् । क्वारेन्टाइनस्थल व्यवस्थित बनाउन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । अहिलेको अवस्थामा गर्भवति महिला र बच्चलाईहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणिय स्वास्थ्यमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।

नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् । यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन् । शुक्रबार नै झापामा एक जना कोरोना संक्रमित देखिएका छन् । झापाको दमकका ६२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । चैत ४ गते उहाँका छोरा दुबइबाट फर्किएका थिए । संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । पिसिआर गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले सबैभन्दा बढी विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर तथा धनगढीमा १—१ जना गरी देशभरी ३७ जना उपचाररत छन् । उपचाररत रहेका छन् ।

परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडिटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार पिसिआर विधिबाट ९ हजार ६ सय ६६ र आरडिटी विधिबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

सुदुरपश्चिम प्रदेशमा आरडिटी परीक्षण सबैभन्दा बढी गरिएको छ । शनिबारसम्म त्यहाँ १० हजार २ सय ४ वटा नमुना परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार १ सय ६०, प्रदेश नम्बर २ मा ४ हजार ४४ र बागमती प्रदेशमा ७ हजार ४ सय ६७ नमुना परीक्षण भएका छन् । गण्डकी प्रदेशमा ४ हजार ८ सय ६१ प्रदेश नम्बर ५ मा २ हजार ९ सय ५० र कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ वटा परीक्षण भएका छन् ।

देशभरी शनिबारसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ र बागमती प्रदेशमा १ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ गरी बाहिर ८४ गरी ८७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }