मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यात्रुलाई सुरक्षीत महसुस गराउन बुध्द एयरले यात्रु, कर्मचारी र कार्यालयका लागि बनायो निर्देशीका


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 850
    SHARES

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)बाट यात्रुलाई सुरक्षीत महसुस गराउन बुध्द एयरले यात्रु, कर्मचारी र कार्यालयका लागि निर्देशीका बनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको रुपमा अन्त्य भएको घोषणा नभएसम्म ती निर्देशीकाहरुलाई लागू भइरहने कम्पनीले जनाएको छ ।

कोविड–१९ विरुद्ध यात्रु सुरक्षा निर्देशिका

यात्रुलाई अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, जहाजको सौचालय बन्द गरेर सम्बन्धीत विमानस्थलको सौचालय प्रयोग गर्नुपर्ने, पानी र क्याटरिङ तत्कालका लागि बन्द गरिने उल्लेख छ ।

यसैगरी यात्रु सुरक्षा निर्देशिका अनुसार बुध्द एयरका कार्यालय, कार्गो, टिकेट काउण्टर साथै विमानस्थल परिसर तथा हवाई यात्राभरी अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने छ । यात्रुले चिसो भिजेको, प्वाल तथा च्यातिएको मास्क लगाउन पाउने छैन । केही गरी त्यस्ता मास्क लगाएका यात्रु भेटिएमा सो यात्रुलाई यात्रामा रोक लगाउने छ ।

रुघाखोकी,ज्वरो,जिउ दुख्ने,सिंगान बग्ने आदि लक्ष्ण देखिएका यात्रुलाई हवाईयात्रामा निषेध गरिएको छ । । श्वासप्रश्वास रोगीहरुलाई अर्को सूचना जारी नभएसम्म निषेध गरिएको छ

जहाजको शौचालय प्रयोग गर्न निषेध गरिएको हुँदा बोर्डिङ अघि नै विमानस्थलको शौचालय प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम गर्न यात्रुले विमानस्थल,चेक इन काउण्टर,र्याम्प बस,टिकेटिङ काउण्टर,कार्गो आदीमा एक आपसमा १ मिटरको दूरी कायम गर्नुपर्ने छ । र्याम्प बस सिट क्षमताको ७५ प्रतिशत हुनेगरि मात्र यात्रुलाई चढाइनेछ । बोर्डिङ गर्नु अगाडि सबै यात्रुको हात स्यानिटाइज गरिनेछ । यात्रुलाई सिट नम्बर अनुसार एक पटकमा ४ जनालाई चढाइनेछ ।

हवाई उडानमा क्याटरीङ बन्द गरिएको छ र यात्रुको माग अनुसार पानी पाइने छ । घरपालुवा जनावरलाई अर्को सूचना नभएसम्म ओसारपसारमा रोक लगाइएको छ ।

रुघाखोकी, कफ, श्वास फर्न अप्ठ्यारो, उच्च तापक्रम, जिउ दुख्नु, गन्धको सहि पहिचान गर्न नसक्ने कर्मचारीहरुलााई पूर्ण स्वस्थ्य नभएसम्म अनिवार्य रुपमा बिरामी बिदा लिई उपचारमा जानु पर्ने छ । प्रत्येक कर्मचारीले नाक र मुख टम्म ढाक्ने गरी मास्क लगाउनु पर्न छ । बजारमा उपलब्धताका आधारमा बुध्द एयरले डिस्पोजेबल मास्क उपलब्ध गराउने उल्लेख छ ।
बुध्द्ध एयरको सम्पूर्ण कार्यस्थललाई कार्य शुरु हुनु अगावै बिहान र दिउँसो दुई पटक स्यानीटाइज गर्ने, सम्पूर्ण ब्यागेज ट्रलिलाई दिनको २ पटक विहान र दिउँसो स्प्रे स्यानीटाइन गर्ने,सम्पूर्ण सवारी साधानमा २ पटक स्यानीटाइज गर्ने लगायतका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)