बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ५४ पुग्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 466
    SHARES

मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ ।

रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो । नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारत लगायत अन्य मुलुकबाट आएकाहरु छन् । अहिले को शी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ । नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जना संक्रमित उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजा १९ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा १ हजार १ सय ९३ वटा नमुना परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९ र बागमती प्रदेशमा ८ हजार ४ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८, कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १२ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२, बागमती प्रदेशमा ३ सय ६१ र गण्डकी प्रदेशमा ६ सय ७६ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी कर्णाली प्रदेशमा १ हजार ३ सय ९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १ सय ३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }