मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम ल्याउने मन्त्रीको भट्टराईको प्रतिबद्धता


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २०, २०७७
  • 603
    SHARES

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७/७८ को नीति,कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गरेका छन ।

मन्त्री भट्टराईले विहिवार र शुक्रवार गरी १५१ जना साँसदहरुको आगामी आ.वको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिएका हुन ।  शुक्रवार विहान साढे १० बजे देखि बेलुका साढे ६ बजे सम्म आठ घण्टा मन्त्री भट्टराईले साँसदहरुको सुझाव तथा गुनासो सुनेका हुन  ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने बागमति प्रदेश, २ प्रदेश, गण्डकी प्रदेश र ५ न प्रदेशका साँसदहरुको सुझाव तथा राह  लिएका छन भने विहिवार प्रदेश न १, सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेको मन्त्रालयले जनाएको छ ।

शुक्रवार भएको छलफलमा नेकपाको सचेतक तथा साँसद देव गुरुङले कोराना कारण पर्यटन क्षेत्रमा सवै भन्दा बढी क्षति भएको भन्दै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिएका थिए सचेतक गुरुङले पर्यटनलाई स्थानीय उत्पादनसँग जोडदै आन्तरिक पर्यटय प्रबद्धनमा गर्न माग गरेका थिए । साँसद हरिवोल गजुरेलले कृषि,पर्यटन र उर्जा नै मूल आधार भएको बताउदै निजगढ विमानस्थले चाडो बनाउन माग गरे ।  साँसदहरुले विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा बजेट वितरण गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।

प्रदेश न ३ का साँसदरुको भाषा,कला,सँस्कृति धर्मको जगेर्ना गदै उपत्यकालाई पर्यटकिय तथा धार्मिक सर्किटको रुपमा विकाश गर्न माग गरेको छन । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बिकल्पको रुपमा निजगढ विमानस्थल बनाउन चाडो शुरु गर्नु आग्रह गरे  ।

साँसदहरुले साना साना कार्यक्रम नल्याई एक निर्वाचन एक पर्यटन  कार्यक्रम ल्याउन समेत माग गरेको छन ।

मन्त्री भट्टराई छलफलले पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा बनेको बताउर्दै बिगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम आउने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)