शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सारदर कायम, केहीको शुल्क घट्यो


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १६, २०७७
  • 840
    SHARES

काठमाडौं । सरकारले उद्योगहरुले आयात गर्ने कच्चा पदार्थको भन्सार दर तयारी वस्तु भन्दा कम्तिमा एक तह कम गरेको छ । भन्सारदर एक तह कायम गर्न सरकारले थप महशुल समेत घटाएको छ ।

कच्चा पदार्थ र आयाति वस्तुको भन्सार दर एउटै हुँदा स्वदेशी उत्पादन महंगो हुने भएपछि सरकारले कच्चा वस्तु र तयारी वस्तुबीच भन्सार दर एक तह कायम गरेको हो । यस्तै सरकारलपे कोरोन भाइरसबाट प्रभावित कृषि, उद्योग र सेवा व्यवसायको पुनरुत्थान हुने गरी करका दर समायोजन छुट र सहुलियत प्रदान गर्ने भएको छ ।

औद्योगिक संरक्षण गरि आन्तरिक उत्पादन प्रोत्साहन गर्न र अनावश्यक मानव स्वास्थ्यलाई हानिकारक एवम वातावरण ह्रास ल्याउने वस्तुको आयातमा निरुत्साहित गरिने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को आय विवरण अनुसार घरेलु, तथा साना उद्योग व्यवसायीलाई लाग्ने आयकरमा बार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत र ५० देखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष छुट गरी ७ वर्ष  र महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमलाई ३ वर्ष थप गरी १० बर्ष पुर्याइएको छ ।

लघु बिमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको छ । लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपक्षी पालन, पशु उपचार र मास्क बनाउने उद्योग आयात गर्ने मेसिनरी तथा कच्चा पदार्थ, कृषि फर्म र कम्पनीले आयात गर्ने कृषियन्त्र उपकरण तथा धान

प्राथमिक कृषि उपजको आयातमा लाग्दै आएको भन्सार महशुल र कृषि सुधार शुल्क बढाइएको छ । कोरोना संक्रमणबाट बढि प्रभावित भएका हवाई क्षेत्र, यातायात, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई आर्थिक वर्ष २०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्यअभिवृद्धि कर, कर विवरण तथा कर दाखिला गर्ने  अवधि बढाइ चौमासिक कायम गरिएको छ । औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा मूल्यअभिवृद्धि कर छुट दिइएको छ । साथै त्यस्ता वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था मिलाइएको छ ।

आयूर्वेदिक औषधिको कच्चा पदार्थको भन्सार महशुल घटाइएको छ । सेनिटाइजरको कच्चा पदार्थको रुपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल र पीपीइमा अन्तशुल्क छुट दिने व्यवस्था मिलाइएको छ ।

एक दर्जन भन्दा बढी वस्तुमा लाग्दै आएको अन्तशुल्क हटाइएको छ । चुरोट, सिगार, गुड्खा, पानमसलामा स्वास्थ्य जोखिम कर बढाइएको छ । हवाइ इन्धन र एलपी ग्यास बाहेका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्ने भन्सार बढाइएको छ ।

सामूदायिक वनले साल र खैयर जातका काठ उपभोक्ता समूह बाहिर बिक्री गर्दा लाग्दै आएको १५ प्रतिशत बनपैदावार शुल्क आजैदेखि हटाइएको छ । स्वदेशी फर्निचर उद्योगको संरक्षण गर्न सबै किसिमका फर्निचरको आयातमा अन्तशुल्क लगाइएको छ ।

औद्योगिक क्षेत्र र व्यावसायिक ग्राममा स्थापना हुने उद्योगलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

आफ्नो उद्देश्य अनुसारका कारोबार सञ्चालन गरेको खानेपानी सरसफाइ उपभोक्ता समूहलाई आयकर नलाग्ने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०७५/७६ सम्म निर्धारण भएको आयकर मिनाह गरिएको छ । गाउँपालिकामा सञ्चालित सबै किसिमका सहकारीलाई आयकर छुट दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }