सोमवार, बैशाख २४, २०८१

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः सभापति राणा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १४, २०८१
  • 23
    SHARES

 

ललितपुर। नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताउनुभएको हो । उहाँले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताउनु भयो । उहाँले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पोषण एउटा असाध्यै महत्वपूर्ण कडी हो । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणको ध्यान दिएनौँ भने हाम्रो देशको नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उहाँहरुको कस्तो किसिमको सिकाइ हुनसक्छ ? कस्तो किसिमको स्वास्थ्य हुन सक्छ ? र पहुँच कहाँसम्म पुग्नसक्छ भन्ने कुरा पोषणमा निर्भर छ । हामीले प्राथमिकिकरण के मा गर्ने ? अर्थ समितिबाट आउनुभएको माननीयज्यूहरु पनि यहाँ हुनुहुन्छ । बजेटमा काटिएर आउने भन्नेकुरा सुनियो । त्यसलाई लबि गरिदिनुहुन म राष्ट्रिय रुपमै अनुरोध गर्न चाहन्छु । अहिले पोषण दिने कुरा ५ कक्षामा घट्यो । पैसा पनि १५ रुपैयाँले के आउँछ ? एकातिर भाउहरु बढिरहेको छ भन्ने थाहा छ भने नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ? सरकारको प्राथमिकतामा पोषणलाई पार्नका निम्ति हामी सबैले स्थानीय तहदेखि नीतिगत तहसम्म हामीले पहल गर्नुपर्ने देखियो । रणनीति बनाउनु राम्रो हो । तर साँच्चिकै हामीले कार्यान्वयन गर्ने हो कि होइन । १०÷१२ वटा त रणनीति रहेछ । रणनीति मात्रै बनाएर भएर । त्यसलाई कार्यान्वयन गर्न जे काम गर्नुपर्ने हो, बजेटलाई प्राथमिकतामा नेपाल सरकारले हाल्नुप¥यो भन्नेकुरामा हामी जानुपर्छ । म चाहीँ कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित छ । यो क्षेत्रमा नेपाल सरकारको बजेट हुनुप¥यो ।’

 

उहाँले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }