शनिबार, बैशाख २२, २०८१

साँच्चै देश बचाउनु नै छ भने संघीयता खारेज गर्नैपर्छ : राप्रपा नेता प्रधान 


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १०, २०८१
  • 40
    SHARES
काठमाडौँ, १० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता देवेन्द्र प्रधानले साँच्चै देश बचाउने भए संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ ।
नेता प्रधानले आज सञ्चारकर्मीसँग कुरा गर्दै देशको विकराल स्थिती अरुसँग भिक मागेरै तलब खुवाउनुपर्ने स्थितीको अन्त्यका लागि संघीयता खारेज आवश्यक रहेको बताउनुभएको हो ।
“विकास बजेट नाममात्र तर पुँजीगत खर्च नै अभावको अवस्था र पछिल्लो समयको मुल्याकंन गर्दा चैत महिनामा मात्र ७३ हजार विदेशीनु र कुनैपनि नयाँ योजना परियोजना नदेख्नुले संघीयता औचित्य समाप्त भएको छ,”– उहाँले भन्नुभयो ।
राप्रपा केन्द्रीय सदस्यसमेत रहनुभएका नेता प्रधानले देश बनाउनका लागि राप्रपालाई इलामको क्षेत्र नं २ को चुनावमा राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङलाई सानदार मतका साथ जिताउन आम मतदातालाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }