शनिबार, बैशाख २२, २०८१

एक दशकदेखि एल्लो प्यागोडा होटलमा कार्यरत वरिष्ठ सेफ्स राम खड्का को हुन् ?


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ९, २०८१
  • 237
    SHARES

काठमाडौँ । वरिष्ठ सेफ्स रामबहादुर खड्का विगत एक दशकदेखि काठमाडौँको जमलमा रहेको एल्लो प्यागोडा होटलमा कार्यरत हुनुहुन्छ ।

विस २०३६ पुस २८ गते ओखलढुङ्गा जिल्लाको साविक यसम गाउँ विकास समिति वडा नं ३ (हाल : लिखु गाउँपालिका वडा नं ४) मा बुबा यज्ञबहादुर र माता रिकमाया खड्काको माईलो सुपुत्रका रुपमा कार्यरत रामबहादुर विगत १० वर्षदेखि एल्लो प्यागोडा होटलको कार्यकारी सेफ्समा कार्यरत हुनुहुन्छ ।

नेपालमा कार्यरत सेफ्सहरु नयाँ अवसरका लागि नेपालकै नयाँ होटल तथा विदेशमा जाने होडवाजी गरेपनि खड्का भने आफूले एक दशक अगाडि सुरु गरेको एल्लो प्यागोडा होटलमै रमाइरहनुभएको छ ।

व्यवस्थापनको सहयोग र आफ्नो कामको लगनशीलताका कारण उहाँ सोही ठाउँमा आफ्नो कार्यलाई निरन्तरता दिनुभएको हो । विस वर्ष पहिले काठमाडौँको गोँगबुस्थित आगमन होटल ट्रेनिङ सेन्टरमा होटल कुकसम्बन्धी तालिम लिनुभएका खड्का १९ वर्षदेखि सेफ्स पेशामा आवद्ध हुँदै आउनुभएको छ । वरिष्ठ सेफ्स खड्काले ६ महिना होटल म्यानेजमेन्ट ट्राभल एण्ड टुरिजम हालको नाथममा तालिम लिनुभएको थियो ।

सुरुको समयमा ओमि चाइनिज रेष्टुरेन्टमा काम सुरु गर्नुभएका खड्कासँग बैशाली होटल ठमेल, ठमेल ईको होटल, रोयल सिङ्गी होटल दरबारमार्गमा काम गरिसकेको अनुभव छ । उहाँले कामको सिलसिलामा खाना मिठो हुँदा सबैको प्रिय र खाना नमिठो हुँदा धेरैले गालीसमेत गरेको बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }