शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २३, २०७७
  • 1.1K
    SHARES

काठमाण्डौं।

चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ।

बोर्ड अध्यक्ष लागि दशजनाले आवेदन दिएकोमा दयाराम दहाल  फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा सहित३ जनाको नाम सिफारिश भएको थियो।

नब नियुक्त अघ्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिना देखि बोर्ड अध्यक्ष विहीन थियो।

स्पट ब्वाई हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका दाहाल सन् १९९२ देखि फिल्म निर्माणमा अग्रसर छन् । दाइजो, दौँतरी, चाँदनी, ढुकढुकी, जंगे, तँ त साह्रै नै बिग्रिस बद्री, भाग्यविधाता, दोबाटोलगायतका दर्जनौं चर्चित चलचित्र निर्देशन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)