बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९को संक्रमणका कारण विश्वभरीकै आर्थिक बजार नराम्ररी खस्कियो


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • 526
    SHARES

कोरोनाभाइरस कोभिड-१९ को संक्रमणको दोस्रो चरण आउनसक्ने  त्यसले संक्रमण अझै बढ्नसक्ने त्रासमा विश्वकै प्रमुख देशहरुको आर्थिक बजार निकै खस्किएको छ ।

अमेरिकी केन्द्रीय बैंकले संक्रमणका कारण उत्पन्न भएको आर्थिक संकटबाट माथि उक्लन धेरै समय लाग्ने प्रतिक्रिया दिएको अर्को दिन नै अमेरिकी सहित यूरोप र एशियाका शेयर बजार समेत ओरालो लागेको छ ।

अमेरिकामा मात्रै प्रमुख तीनवटा आर्थिक सूचकहरु एकहप्ता यताकै न्यून स्थानमा पुगेका छन् । संक्रमणसंगै दुई हप्ता देखि भइरहेको आन्दोलनले अमेरिकाको शेयर बजार निकै प्रभावित बनाएको छ ।

तेलको मूल्यमा आएको गिरावटले उर्जा र ट्राभल टुर क्षेत्र सबैभन्दा बढी मारमा परेका छन् । त्यहाँ कामबाट निकालिएर वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुगिसकेको छ । यूरोपमा १०० अंकले ओरालो लागेको बेलायतको शेयर बजारमा ४ प्रतिशत नोक्सानी भएको छ भने जर्मनी, फ्रान्सलगायतका मुलुकमा साढे चार प्रतिशतले गिरावट आएको छ ।

एशियाली बजारमा पनि प्रमुख शेयर कारोवारहरु खस्किरहेको छ ।

देशहरुले आर्थिक गितिविधी सञ्चालन गर्न शुरु गरेपनि संक्रमण फेरी बढ्न सक्ने आशंकामा लगानीकर्ताहरुले चासो नदिंदा र मानिसहरुको गतिविधी सामान्य नहुँदा त्यसको मारमा शेयर बजार परेको हो ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }