शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देशका ७६ जिल्लामा छिर्यो कोरोना, रसुवा अहिलेसम्म सुरक्षित


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०७७
  • 561
    SHARES

नेपालका ७७ जिल्ला मध्ये ७६ वटा जिल्लामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण फैलिएको छ । आइतबार ओखलढुंगामा कोरोना संक्रमितपुष्टि भए सँगै कुल जिल्ला ७६ पुगेको हो ।

रसुवा देशकै एक मात्र कोरोना संक्रमित नभएको जिल्ला भएको छ । बेलैमा कडाई गरिएको कारण सङ्क्रमण भित्रन नपाएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले गत १५ माघदेखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवत जावतमा रोक लगाइएको थियो, भने जिल्ला प्रबेश गर्ने मुख्य नाका बेत्रावतीमा कडाई गरिएको थियो । जिल्ला प्रबेश गर्ने नाकामा नेपाल प्रहरीसहित थप शसस्त्र प्रहरी खटाई कडाई गरिएको थियो भने टनेल बनाई यातायातका साधनलाई सेनिटाइजरको समेत ब्यबस्थालाई निरन्तरता दिइएको छ ।

सोहि अनुरुप पनि रसुवा जिल्ला अहिलेसम्म कोरोना संक्रमित नभएको जिल्ला बन्न पुगेको हो । सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट अहिलेसम्म जिल्ला सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जिल्लाका ५ वटै गाउँपालिका, रेडक्रस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, सामाजिक संघसंस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम संचालन गरिएको थियो । पर्चा, पम्प्लेट बितरण, गाउँ टोलमा माइकिङ, संचारमाध्यमबाट सूचना प्रशारण लगायतका गतिबिधिलाई तिब्रता दिइएको थियो । लकडाउनको पूर्णपालना गरिएका कारण अहिलेसम्म रसुवामा कोरोना भाइरसको संक्रमित नभएको र स्वास्थ्य सम्बन्धि समस्या नरहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।

जिल्लामा हालसम्म पाँच सय ३७ जनाको आरडिटी परिक्षण गरिएको छ भने ३२ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ । पिसिआर गरिएकाहरुको नेगेटिभ तथा कोरोना नभएको पाइएको श्रेष्ठले बताए । त्यस्तै सोमबार भारतबाट आएका १७ जनाको पिसिआर परिक्षणका लागि प्रयोगशालामा पठाइएको समेत उनले बताए ।

जिल्ला बाहिरबाट आएकाहरुलाई स्थानीय बासिन्दाको सहयोगमा अनिवार्य रुपमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने व्यबस्था गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । संक्रमित स्थानबाट आएकाको सुरुमा नै पिसिआर परिक्षण गरिने र परिक्षणमा रिपोर्ट नेगेटिभ आएपनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । १४ दिन पुगेपछि पुन आरडिटी परिक्षण गरिने र रिपोर्ट पोजेटिभ आए पुन पिसिआर परिक्षण गरिने भएको छ । क्वारेन्टाइनबाट घर गएकाहरु थप सात दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

देशभर दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशको एकमात्र कोरोनारहित जिल्लामा कोरोना रोकथामका लागि रसुवालाई थप सुरक्षित बनाउन पूर्वतयारी थालिएको छ । जिल्ला प्रबेश गर्ने नाका बेत्रावती तथा सरमथलीमा कडाई गरिने, आवश्यकता अनुसार स्थानीय तहहरुमा क्वारेन्टाइन थप गर्ने, भएका क्वारेन्टाइनलाई व्यवस्थित बनाइने भएको छ । त्यसैगरि जिल्लाको पाँच वटै गाउँपालिकामा केश अनुसन्धान तथा सम्पर्क खोजी टोलि गठन गरिने भएको छ । टोलीले शंकास्पद बिरामीको खोजी गर्ने, हिस्ट्री संकलन गर्ने लगायतका गतिबिधिहरु गर्ने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)