बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १२, २०८३
  • 53
    SHARES

काठमाडौं-  नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको घटनाक्रमको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा दोषीमाथि कारबाहीको माग गर्दै भएको वार्ताका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरीद्वारा चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको आरोप लगाएको छ।

नेपाल चिकित्सक संघले उक्त घटनाको घोर भर्त्सना गर्दै आक्रमणमा संलग्न दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। साथै चिकित्सकहरूको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। आन्दोलनका थप कार्यक्रम पछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

संघले आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई सहभागी हुन आग्रह गर्दै आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमा मागेको छ। साथै त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)