बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युवा पर्यटन व्यवसायी सुदर्शन नेपाल भन्छन्– चिनीयाहरु नेपाल भ्रमण गर्न आतुर छन् !


  • माउन्टेन खबर
  • आइतवार, साउन १८, २०७७
  • 1.4K
    SHARES

नेपालको पर्यटन व्यवसाय यतिवेला नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको छ । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको बेला नेपालपनि कोरोनाबाट अछुतो रहन सकेन । भनिन्छ, एक मुठि माटोपनि नबेची आम्दानी हुने क्षेत्र पर्यटन व्यवसाय थला पर्दा लाखौँ पर्यटन व्यवसायीहरु मारमा परेका छन् । बैँक तथा वित्तिय संस्थाबाट करोडौँ ऋण लिएर पर्यटन व्यवसाय गरेकाहरु यतिबेला समस्यामा परेका छन् । सरकारले आगामी भदौ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरिसकेको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारको निर्णयसँगै पर्यटन व्यवसायीमा पनि थोरै भएपनि आशा जगाएको छ । गाउँका अधिकाशं युवा व्यवसायी पर्यटन क्षेत्रमा लागेपछि सन् २०१३ मा ‘नेपाल विग माउण्टेन ट्राभल कम्पनी’ सञ्चालनमा ल्याएका युवा व्यवसायी सुदर्शन नेपालले एक वर्ष पहिले काठमाडौँ महानगरपालिका–१६ खुशीवुमा ‘निवास वुटिक’ होटलसमेत सञ्चालनमा ल्याएका छन् । सन् २०१८ मा नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा)को कार्यसमिति सदस्य हुँदा तत्कालिन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीलाई चीनको लसान लगेर लसान–लुम्बिनी भगिनी सम्बन्ध स्थापना गरेका नेपालले सरकार र नीजि क्षेत्रको प्रतिनिधित्व गर्दै धेरैपटक चीन पुगेर नेपालको पर्यटन व्यवसायलाई चिनाउँदै आएका छन् ।

धादिङको विकट गाउँ गङ्गाजमुना गाउँपालिका–५ फूलखर्कको एक मध्यम किसान परिवारमा जन्मेका २८ वर्षीय युवा पर्यटन व्यवसायी नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

लकडाउन पछाडिको वुटिक सञ्चालनको तयारी के छ ?

पाँच महिना मुलुकमा लकडाउन हुँदा पर्यटन व्यवसायमा शून्यता छाएको छ । लकडाउन अगाडि नेपालमा आएका पर्यटकपनि हवाइजहाड चार्टड गरेर आ आफ्नो देशमा फर्किसकेका छन् । यस अवस्थामा नेपालका पर्यटकीय क्षेत्र सुरक्षित भएको म्यासेज आम पर्यटकलाई दिनुपर्ने छ । पर्यटक विमानस्थलमा आइसकेपछि कसरी सुरक्षित तवरले होटलसम्म ल्याउने, होटलमा खाना खाँदा होस् या सुत्ने क्रममा होस् कसरी सामाजिक दूरी कायम गर्ने, होटल कसरी स्यानिटाइजेशन गर्ने भन्नेबारे पुरा तयारी गर्दैछौँ ।

विदेशी ग्राहक तत्काल आउन सम्भव देख्नुहुन्छ ?

हामीले नेपालको कला, संस्कृति, रितिरिवाज र त्यसमा रमाउन चाहने भिन्न प्रकारका पर्यटकलाई लक्षित गरेर बुटिक स्थापना गरेका हौँ । लकडाउनको तत्कालै विदेशी पर्यटक बुटिकमा नआएपनि आन्तरिक पर्यटकलाई लक्षित गर्न लागेका छौँ । सरकारी तथ्याङ्कअनुसार नेपालबाट वार्षिक झण्डै १० लाखभन्दा बढी नेपाली विदेशमा घुम्न जाने गरेका छन् । विश्वभरी लकडाउन भएका ती पर्यटकलाई नेपालमा घुम्ने वातावरण निर्माण गर्नुपर्छ । यसो गरेको खण्डमा थोरै भएपनि पर्यटन व्यवसाय चलायमान हुन्छ । नेपालमा हाल वार्षिक रुपमा एक लाख देखि एक लाख ५० हजार चीनिया पर्यटक आउने गरेका छन् । मसँग चीनिया पर्यटकहरुसँग दैनिकजसो कुराकानी हुने गरेको छ । उक्त कुराकानीमा चीनिया पर्यटकहरु नेपाल घुम्न आउन आतुर रहेको मैले पाएको छु ।

कस्तो ग्राहकलाई लक्षित गरेर बुटिक खोल्ने तयारी गर्दै हुनुहुन्छ ?

हामीले लकडाउन हुनुभन्दा पहिले ठूलाठूला गुप्रलाई फोकस गरेर पर्यटक भित्र्याउँदै आएका थियौँ । अब आउने सेवाग्राही (पर्यटक) फरक खालका हुनेछन् । अब हामी गुप्र होइन परिवारलाई फोकस गर्नेछौँ । नेपालका विभिन्न ठाउँमा घुम्नमात्र जाने पर्यटकभन्दापनि नेपालको परम्परागत रहनसहन, वेशभुषामा रमाउने खालका पर्यटकलाई भित्र्याउनेछौँ । गुणस्तरीय जसले नेपालको बसाईमा धेरै पैसा खर्च गर्न सक्छ त्यस्ता पर्यटकलाई ल्याउनेछौँ ।

लकडाउनपछि आउने पर्यटकलाई कस्तो सेवा र सुविधा दिँदै हुनुहुन्छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, लकडाउनपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आउने पर्यटक हामी पर्यटन व्यवसायीका लागि भगवन हुन् । उनीहरुलाई हामीले विशेष प्याकेजको व्यवस्था गरेका छौँ । लकडाउनपछि आउने पर्यटक नेपालको पर्यटन क्षेत्रमा पोजेटिभ म्यासेज दिन आएका हुन । उनीहरुलाई हामीले खान र बस्नमा २५ देखि ३० प्रतिशत सहुलियत दिने व्यवस्था मिलाएका छौँ ।

तपाईँको ट्राभल कम्पनी पनि छ होइन ?

हो, हामीले ‘नेपाल विग माउण्टेन ट्राभल कम्पनी’ सन् २०१३ देखि सञ्चालनमा ल्याएका छौँ । हाम्रो मुख्य उदेश्य भनेको चीनिया पर्यटक नै भित्र्याउनु हो । हामीले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाली जतिसक्दो धेरै पर्यटक भित्र्याउन नेपाल सरकारले चिनीया सद्भावनादूत चिनीया नायिका स्वी छिङलाई नेपालमा ल्याएका थियो । चिनीया नायिकाले हाम्रो कम्पनीमार्फत काठमाडौँ, पोखरा, वर्दिया, लुम्बिनीलगायतका पर्यटकीय स्थल घुमेको पाँचवटा भिडियो बनाएर चिनका सामाजिक सञ्जालमा राख्दा ३ अरबभन्दा बढीले हेरेका थिए । जसका कारण चीनियाहरुले उक्त भिडियो हेर्दा चीनमा नेपालबारे धेरै प्रचार भएको थियो ।

चीनियालाई लक्षित गछौँ भन्नुभयो, वार्षिक कति चीनीया भित्र्याउनुहुन्छ ?

प्रश्नका लागि धन्यवाद, सन् २०१३ मा स्थापना भएको ट्राभल कम्पनीले वार्षिक चार हजारको हाराहारीमा चिनीया पर्यटक भित्र्याउँदै आएका छौँ । सन् २०१३ र २०१४ मा ३५००, भूकम्प गएको वर्ष सन् २०१५ मा ६००, सन् २०१६ मा १२००, सन् २०१७ मा ३३००, सन् २०१८ मा ४८०० र सन् २०१९ मा ३८०० चीनिया पर्यटकलाई हामीले हाम्रो कम्पनीमार्फत नेपाल भित्र्याएका छौँ ।

चिनीया राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको पर्यटन व्यवसायमा कस्तो प्रभाव पारेको छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, विश्वको दोस्रो अर्थतन्त्र र एक अर्बभन्दा बढी जनसंख्या रहेको चीनको प्रमुख व्यक्तिको नेपाल भ्रमणले चिनीयामा नेपालप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएको छ । चीनीयामा नेपाल भ्रमण गर्नुपर्ने भावना दिनानुदिन बढ्दै गएको छ । चीनीयाहरु नेपालमा लगानी गर्न इच्छुक छन् ।

अन्तमा के भन्नुहुन्छ ?

लकडाउनका कारण थिलोथिलो परेको पर्यटन व्यवसायलाई सरकारले विशेष हेनुपर्छ । नेपाल कोरोनाबाट सुरक्षित भएको म्यासेज विश्वभरी दिएर जतिसक्दो धेरै पर्यटक भित्र्याउनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }