बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिंहदरबारले सबै अधिकार गाउँ पठाएनः नौकुण्ड गाउँपालिका अध्यक्ष


  • माउन्टेन खबर
  • बुधबार, साउन २१, २०७७
  • 1.4K
    SHARES

संघीयता कार्यान्वयनमा आएको तीन वर्ष नाघिसकेको छ । सिंहदरबार गाउँ गाउँ मै आइ जनताका अपेक्षा पूरा गर्ने आश्वासनसहित निर्वाचित जनप्रतिनिधिले अहिले काम गरिरहेका छन । माउन्टेन खबरले स्थानीय सरकारका पछि तीन वर्षका काम बारे समिक्षा थालेको छ । सोही क्रममा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बूसाङ्बो घलेसँग माउन्टेन खबरकर्मी आशिष लामाले गरेको कुराकानीः

१. गाउँपालिका गठन भएको तीन बर्ष पुगिसकेको छ, सिंहदरबार गाउँ आएपछिको यो अवधी कस्तो रहयो ?
सिंहदरबार गाउँ गाउँमा त आएको भन्ने कुरा एकदम ठिक हो, तर जनताको सेवा सुबिधाहरुलाई ६० प्रतिशत मात्र गाउँमा पठाएर ४० प्रतिशत त संघीय सरकारले नै राखेको महसुस गरेको छु । सबै अधिकारहरु पुर्णरुपमा गाउँमा पठाएको छैन् । सिंहदरबारको नाम मात्र स्थानीय सरकारमा पठाएर रिमोट चाहिँ संघीय सरकारले नै राखेको छ ।

२. गाउँपालिकाको आज सम्मको काम बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
आज सम्मको काममा चाहिँ सन्तुष्ट नै छु । हिजोको दिनमा थोरै बजेटको लागि पनि जि.बि.स. धाइरहनु पथ्र्यो । आज गाउँ गाउँको आवश्यकताहरुलाई पहिचान गरेर प्रत्यक्ष रुपमा पुर्वाधार लगायतका बिकास निर्माणका कार्यहरु गर्न पाइएकोले सन्तुष्ट नै छु ।

३. संघ र प्रदेशको भुमिका कस्तो रहेको पाउनुभएको छ ?

संघ र प्रदेश सरकारको राम्रै भुमिका छ । संघीय सरकार र प्रदेश सरकार सङ्गको साझेदारीमा नौकुण्ड गाउँपालिकाको पुर्वाधार बिकासको कार्यक्रमहरु पक्की पुल र बेत्रावती जिरो कि.मी. बाट पाच्र्याङ सम्मको सडक कालोपत्रे गर्ने कामको प्रक्रियाहरु अगाडी बढाइएको छ । माननीय ज्यु हरुले सक्दो प्रयास त गरिरहेको छ तर सत्तामा सरकार अन्य दलको भएको कारण भने जस्तो सजिले चाहिँ महसुस भैरहेको छैन् ।

४. कोरोना नियन्त्रणमा सबैभन्दा बढी खटिएर गाउँपालिकाले संघीयताको सफल कार्यन्वयन गरेको सुनिन्छ, तपाईंको धारणा के छ ?
सबैभन्दा पहिला त हेल्थ डेस्क र क्वारेन्टिनको निर्माण गरि कोरोना रोकथामको लागि पहल गर्यौ ।तेस्रो मुकुकबाट आएको नौ जनामा कोरोना संक्रमण देखिएकोमा हाल सबै निको भएर घर गैसकेको छ । यो क्षेत्रमा रामै गरेको महसुस गरेको छु ।

५. विगत तीन बर्षमा गाउँपालिकामा भएको मुख्य परिवर्तन के के हुन् ?
सर्वप्रथम शिक्षा, स्वास्थ्य र सडकलाई मुख्य प्राथमिकतामा राखेर अगाडी बढाईएका छन् । नौकुण्ड गाउँपालिकाका सबै वडाहरुलाई सडक संजाल जोडिसकेको छ । अहिले दुई वटा पक्की पुलहरुको टेन्डर प्रकृया अगाडी बढिसकेको छ । यहि पक्की पुल बाट सडक संजालमा पुरै गाउँपालिका जोडिनेछ र कृषि, पर्यटनको क्षेत्रमा पनि दिगो बिकासमा टेवा पुर्याउछ भन्ने अपेक्षा गरेको छु ।

६. अहिले अगाडी बढेको बिकास निर्माणको कार्यक्रम के के हुन् ?
अहिले बेत्रावती जिरो कि.मि. देखि गाउँपालिकाको कार्यालय पाच्र्याङ्ग सम्म सडक कालोपत्रेको प्रक्रिया अगाडी बढिसकेको छ । वडा नम्बर ६ र ३ जोड्ने सङ्गाचौर पक्की पुल र वडा नम्बर १ र वडा नम्बर ३ जोड्ने फलाखु पक्की पुलको टेन्डर प्रक्रिया अगाडी बढिसकेको अवस्था छ । यी कार्यहरूले सडक संजाल मार्फत राजमार्ग सङ्ग जोडेपछि यस गाउँपालिकाको कृषि, पर्यटनको क्षेत्रमा पनि ठुलो फड्को मार्ने आशा गरेको छु ।

७. यस आर्थिक बर्षमा कुन कुन कार्यक्रमलाई प्राथमिकता दिदै हुनुहुन्छ ?
यस आर्थिक बर्षमा हामिले वडा कार्यालयहरुको निर्माण गर्ने र संघीय सरकार सङ्गको साझेदारीमा एउटा पक्की पुल र प्रदेश सरकार सङ्ग्को साझेदारीमा लाङ्बु–पाच्र्याङ–लाच्र्याङ्ग सडक स्तरोन्तीको कामलाई मुख्य प्राथमिकतामा राखी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको बिकासको लागि पनि काम गर्ने मुख्य उदेश्य रहेको छ ।

अन्त्यमा, यो अन्तर्वार्ताको मौका दिनुभएकोमा माउन्टेन खबर परिवारकाई धन्यवाद दिन चाहन्छु । सबै रसुवाबासी र नौकुण्ड गाउँपालिका बासी दाजुभाइ तथा दिदिबहिनीहरु यो महामारीको अवस्थामा सुरक्षित साथ रहनुहोला भन्न चाहन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }