आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो


  • माउन्टेन खबर
  • सोमवार, साउन २६, २०७७
  • 497
    SHARES

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै विश्वमा २ लाख ११ हजार बढी नयाँ संक्रमित थपिएका हुन् । विगत २४ घन्टामा विश्वमै सबैभन्दा बढी संक्रमित भारतमा थपिएका छन् । भारतमा एकै दिनमा ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

विश्वमै कोरोनाबाट बढी प्रभावित मानिएको अमेरिकामा भन्दा भारतमा १५ हजार बढी संक्रमित एकै दिनमा थपिएका छन् । यसै गरी अर्को प्रभावित मुलुक ब्राजिलभन्दा करिब ४० हजार संक्रमित एकै दिनमा भारतमा थपिएका हुन् ।

संक्रमण मात्रै होइन मृत्युदर पनि विश्वमै भारतकै बढी रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ हजार नाघेको छ भने संक्रमितको संख्या पनि २२ लाख बढी छ ।

अमेरिका र ब्राजिलमा कोरोना संक्रमण र मृत्युदर दुबैमा कमी आएको छ । अमेरिकामा दैनिक मृत्युदर ५ सयको हाराहारीमा झरेको छ भने ब्राजिलको दैनिक मृत्यु दर पनि करिब ६ सयको हाराहारीमा झरेको छ ।

कोरोना विरुद्धको खोप निर्माण अन्तिम चरणमा रहेको दाबी गरेको रुसमा भने पछिल्लो समय संक्रमण दर र मृत्यु दर दुबैमा उल्लेख्य कमी आएको छ ।

रुसमा दैनिक मृत्यु दर ७७ मात्रै रहेको छ पनि पछिल्लो २४ घन्टामा ५ हजार बढीमा संक्रमण भएको छ । रुसमा हालसम्म कोरोना संक्रमणका कारण १५ हजारभन्दा कम मानिसको मृत्यु भएको छ । पछिल्लो समय दक्षिण अफ्रिका, मेक्सिको र कोलम्बियामा संक्रमण दर उच्च गतिमा बढिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)