आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रुसव्दारा कोरोना भाइरस सङ्क्रमणविरूद्धकको खोपलाई स्वीकृति प्रदान


  • माउन्टेन खबर
  • बुधबार, साउन २८, २०७७
  • 527
    SHARES

बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्ध त्यहाँ विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएका छन्। उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो।

पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका छन्। उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए।

ठूलो स्तरमा मानिसमा परीक्षण गर्न बाँकी भए पनि सरकारले उक्त खोपको प्रयोगलाई औपचारिक मान्यता दिएको हो । कोरोना भाइरसको खोप बनाउन नेतृत्व गरिरहेका पश्चिमा देशका वैज्ञानिकहरूले रूसको खोप कार्यक्रमबारे प्रश्न उठाएका छन्। उनीहरूले रुसी अनुसन्धानकर्ताहरूले खोप परीक्षणको विधि पूरा नगरेको आशङ्का व्यक्त गरेका छन्।

जुलाई महिनामा रुसी वैज्ञानिकहरूले एउटा खोपको प्रारम्भिक परीक्षण सकिएको दाबी गरेका थिए । रुसले भने विभिन्न देशबाट उक्त खोपको १  अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ।

मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ। स्पुत्निक सोभियत सङ्घले १९५० को दशकमा प्रक्षेपण गरेको पहिलो भू(उपग्रहको नाम हो।

पुष्टि गर्न सकिन्न

बीबीसी स्वास्थ्य संवाददाता फेर्गुस वाल्शका अनुसार अन्य समूहहरूले जस्तो मस्कोको गामालेया इन्स्चिच्युटले आफ्नो अध्ययनको कुनै सुरक्षा र प्रतिरोध क्षमतासम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छैन।

त्यसले गर्दा स्वतन्त्र वैज्ञानिकहरूलाई यसको विश्लेषण गर्न असम्भव हुन्छ । राष्ट्रपति पुटिनमा रुसी विज्ञानको क्षमतासम्बन्धी विश्वलाई स्पष्ट सन्देश दिने व्यग्रतामा छन । पहिलो हुनु मात्रै पर्याप्त छैन।

अहिले बन्ने क्रममा रहेका कुनै कोभिड१९ का खोपले कोरोना भाइरसविरुद्ध सुरक्षा देखाएका छैनन्। मुख्य प्रश्न अझै अनुत्तरित नै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)