काठमाडौं, २८ साउन । आज काठमाडौं उपत्यकामा १४० कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।
आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १४५२ पुगेको छ।काठमाडौंमा ११६७, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्।
बुधबार बार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ। भने ६४ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।
