बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फोक्सोको समस्यामा रहेका सिलवाललाई सिलिण्डर सहयोग


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०७७
  • 515
    SHARES

काठमाडौँ, ६ भदौ । सानेपामा रहेको लायन्स क्लब काठमाडौँ समर्पणले फोक्सोको समस्याका कारण स्वास फेर्न समस्यामा रहेका पदम सिलवाललाई अक्सिजन मेसिन सहयोग गरेको छ ।

लायन्स क्लब काठमाडौँ समर्पणको दशौँ स्थापना दिवसका अवसरमा आज काठमाडौँको महादेवस्थानमा बस्ने सिलवाललाई अक्सिजन मेसिन सहयोग गरेको हो ।

उक्त मेसिन लायन्स क्लब अफ समर्पणका सचिव अखिल अग्रवालले सिलवाललाई हस्तान्तरण गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका सिलवाललाई सिलिण्डर दिएसँगै ठूलो राहत मिलेको छ ।

फोक्सोको समस्याबाट पीडित रहेका सिलवालले लायन्स अफ काठमाडौँले गरेको सहयोग भुल्न नसकिने बताउनुभयो । घरमा एक्लै बस्दै आएका सिलवालले काठमाडौँ समर्पणलाई आर्शिवादसमेत दिनुभएको छ ।

यसअघि केही दिन पहिलेमात्र कोरोना सङ्क्रमणका कारण होम आइसोलेशनमा बसेका र आर्थिक अवस्था दयनीय भएका व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर वितरण गर्नका लागि उक्त लायन्स क्लबले अक्सिजन बैँकसमेत स्थापना गरिसकेको छ ।

सो अक्सिजन बैँकको लायन्स क्लब वी वानका डिस्ट्रिक गर्भनर मनबहादुर रोका र उक्त क्लबका अध्यक्ष दिपक वंशलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

सेवा नै धर्म हो भन्ने मान्यता बोकेको लायन्स क्लबले भूकम्प तथा कोरोनाको समयमा गरिब तथा दुःखीलाई खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री वितरण गरेको लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)