आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१२ वर्ष माथिको उमेरका सबैलाई मास्क अनिवार्य लगाउन विश्व स्वास्थ्य संगठनको अनुरोध


  • माउन्टेन खबर
  • आइतवार, भदौ ७, २०७७
  • 544
    SHARES

विश्व स्वास्थ्य संगठनले निर्देशिका जारी गर्दै १२ वर्षभन्दा माथिका बालबालिका देखि सबैले घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने जनाएको छ । बयस्कहरुले जस्तै १३ वर्ष माथिका किरोर उमेरका बालबालिकाले अन्य व्यक्तिलाई भाइरस सार्न सक्ने प्रमाणित भएको भन्दै मास्क लगाउन अनिवार्य गरेको हो । पाँच वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाले सामान्य रुपमा मास्क लगाउन नसक्ने डब्लुएचओको भनाई छ ।

विश्वमा कोरोना भाइरसको संक्रमणकै कारण ८ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वमा वितेको २४ घन्टामा मात्रै २ लाख ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख नाघेको छ । भारत, अमेरिका र ब्राजिल सबैभन्दा बढी प्रभावित छन् ।

कोरोना संक्रमणका कारण विश्वमै पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन् । अमेरिका र ब्राजिलको दैनिक संक्रमण दर केही घटेको छ । लक्षण विहिन संक्रमित र परीक्षणको सीमित दायराका कारण वास्तविकभन्दा निकै कम मात्रै संक्रमितहरुको संख्या बाहिर आएको जनाइएको छ । पछिल्लो समय दक्षिण कोरिया, युरोपेली राष्ट्रहरु र लेबनानमा पुनः संक्रमण फैलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)