आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको  प्रवक्तामा गोवर्ध्दन पूजा


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०७७
  • 892
    SHARES

अमेरिका ! सेप्टेम्बर ६ , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको  प्रवक्तामा गोवर्ध्दन पूजा मनोनित भएका छन् ।  अनेसासको  विधान अनुरुप एकजना प्रवक्ता मनोनयन गर्ने प्रावधान रहेको छ ।  समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

मनोनित प्रवक्ता पूजा साहित्य र पत्रकारितामा चिरपरिचित नाम हो । अन्नपूर्ण पोस्टको वरिष्ठ उपसम्पादकका रुपका करिब दश बर्षको अनुभव सँगालेका पूजा त्यसअघि हिन्दू, कालान्तर, दिव्यदर्शन, मधूरस,राष्ट्रशक्ति, श्रीदेउरालीलगायतका पत्रिकाको विभिन्न पदमा रहेर कार्य गरेका थिए ।  नेपाली र भूगोल विषयमा एमए गरेका पूजाका १० ओटा साहित्यिक कृति प्रकाशित छन् भने हाल उनी अमेरिकाको बोष्टन सहरमा बस्छन् ।

दश वर्षअघि अमेरिका आउनुअघि पूजाले पत्रकारिता र विभिन्न कलेजमा प्राध्यापन गर्ने गर्दथे । अनेसाको महासचिवमा दुई कार्यकाल बिताएका पूजा हाल वरिष्ठ उपाध्यक्षका रुपमा आबद्ध छन् । मनोनित प्रवक्ताको कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)