आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनको निर्यात साढे ९ प्रतिशतले वृद्धि


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०७७
  • 285
    SHARES

पेचिङ (चीन) । गतमहिना चीनको निर्यात अपेक्षा गरिएभन्दा धेरैले बढेको छ । त्यहाँको भन्सार विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा अगष्टमा डलरमा आधारित निर्यात ९ दशमलव ५ प्रतिशतले बढेको छ । निर्यातमा भएको यो वृद्धि साढे १ वर्षयताकै उच्च हो ।

सोही अवधिमा आयात भने २ दशमलव १ प्रतिशतले घटेको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्स गरेको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले भने सो अवधिमा निर्यात ७ दशमलव १ प्रतिशत र आयात शून्य दशमलव १ प्रतिशतले बढ्ने बताएका थिए ।

अगष्टमा बाँकी विश्वसँगको व्यापारमा चीनले ५८ अर्ब ९३ करोड डलर बचत गरेको छ । समीक्षा अवधिमा व्यापार बचत ५० अर्ब ५० करोड डलर रहने सर्वेक्षणले देखाएको थियो । जुलाईमा भने व्यापार बचत ६२ अर्ब ३३ करोड डलर रहेको थियो ।

गतमहीना समग्रमा चीनको व्यापार परिदृश्यमा सुधार आएको भएपनि आयातको तथ्यांकले घरेलु अपत कमजोर रहेको तर्फ औंल्याएको नाटिक्सिसमा एशिया प्रशान्त क्षेत्रका अर्थशास्त्री गेरी आङले भने ।

यो सँगै चीनको निर्यातमा लगातार तेस्रो महीना पनि सुदृढ वृद्धि भएको छ । यसले वर्षको दोस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदरलाई टेवा दिने टीएस लोम्बार्डमा प्रमुख चिनियाँ अर्थशास्त्री पो चुआङ बताउँछन् ।

अगष्टमा आयातको आँकडा निराशाजनक रहेको भएपनि कमोडिटिजको माग निकै सुदृढ रहेको बताइएको छ । समीक्षा अवधिमा मेशिनरीको माग भने कमजोर रहेको छ ।

समीक्षा अवधिमा अमेरिकासँगको व्यापारमा चीनको व्यापार बचत बढेको छ । जुलाईमा ३२ अर्ब ४६ करोड डलर रहेको व्यापार बचत अगष्टमा बढेर ३४ अर्ब २४ करोड डलरमा उक्लिएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)