आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

योसुहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०७७
  • 567
    SHARES
  • तस्बिर : रोयटर्स

टोकियो, जापान । सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा बिजय भएसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा योसुहिदे सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिखमा हुने छ ।

जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त गरी  पार्टीको नेता बन्न सफल भएका हुन । दुबै प्रतिनिधिमण्डलको साधारणसभामा डाएटका सदस्यहरू र प्रिफेक्चरल फेडरेशनका प्रतिनिधिहरूले मतदान गरेका थिए ।

सुगाले ३७७ मत प्राप्त गर्दा प्रतिस्पर्धामा उत्रेका किशिदा वोतेस ८७ र इशिबाशीले ६८ मत प्राप्त गरेका थिए । उनलाई पार्टीको लिडरको भने १५ गते अधिकारीक रुपमा घोषणा गरिने छ भने १६ गते तल्लो र उपल्लो सदनको मुख्य बैठकमा प्रधानमन्त्रीको चुनाव हुने छ । त्यहाँबाट उनी प्रधानमन्त्री बन्ने छन ।

सिन्जो आबेको बाँकी कार्यकाल सम्हाल्न लागेका उनी अर्को बर्ष प्रधानमन्त्री बन्न नसकेमा जापानको ईतिहासमा सबै भन्दा थोरै समय प्रधानमन्त्री बन्ने रेकर्ड सुगाको नाममा रहने छ । स्मरण रहोस् सिन्जो आबे जापानको ईतिहासमा सबै भन्दा लामो समय सत्ता सञ्चालन गर्ने प्रधानमन्त्री हुन ।

बिभिन्न सर्बेक्षणहरुले भाबी प्रधानमन्त्रीको बलियो दाबेदारका रुपमा देखाइरहेका बेला उपभोग्य कर बढाउनु पर्छ भन्ने बारे सोचिरहेको अभिब्यक्ती दिएर सुगा विवादमा तानिएका थिए । एक टेलिभिजन कार्यक्रममा उनले घट्दो जन्मदर  भएकाले कर बढाउन पर्ने अवस्था रहेको बताएका थिए ।

अघिल्लो पटक कर बढाउदा १० बर्ष कर बढाउन नपर्ने भनी आबे सरकारले गरेको कबुल विपरित सुगाले कर बढाउने तर्क गरेको भन्दै आलोचना भएपछि आफ्नै बोली फिर्ता लिनु परेको थियो ।

चुनौतीको चाङमाथि सुगा    

कोरोना भाईरस महामारीका कारण जापानको अर्थतन्त्र ४० बर्ष यताकै खराब अवस्था बाट गुज्रिएको यहाँका सञ्चार माध्यमहरुले रिपोर्टहरु सार्वजनिक गरेका छन । अर्थतन्त्र धरासायी भएका बेला सत्ताको बागडोर सम्हाल्न तम्सिएका सुगालाई अर्थतन्त्रलाई लयमा ल्याउनु सबै भन्दा कठिन् चुनौती हुनेछ ।

एकातिर विपक्षीले हाल कायम रहेको उपभोग करलाई १० प्रतिशत बाट घटाएर ८ प्रतिशतमा झार्नु पर्ने आवाज चर्को ढंगले उठाइरहेका छन भने अर्कोतिर सूगा कर बढाएर भएपनि अर्थतन्त्रलाई लयमा ल्याउने योजनामा छन । जुन योजना केही दिन अघि टेलिभिजन अन्तर्वाताका क्रममा फुत्किएको थियो । ४० बर्ष यताकै खराब अर्थतन्त्रलाई सम्हाल्ने जिम्मा पनि उनकै काधमा आएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सकृय रहनुका अलवा अर्को बर्षका लागि सारिएको टोकियो ओलम्पिक पनि सुगालाई अर्को टाउको दुखाइको बिषय बन्ने निश्चित छ । कोरोना लगातार फैलदै जाँदा अन्तिम समयमा टोकियो ओलम्पिक स्थगित गर्न वाध्य भएको जापानले अर्को बर्ष सारिएको ओलम्पिक कुनै पनि हालतमा गर्नुपर्ने अबस्था छ ।

जसको भार पनि नेतृत्वकर्ताको हिसाबले सुगालेनै बोक्नु पर्ने छ । अहिलेको अवस्थामा जटिल देखिन्छ । यदी अर्को बर्ष पनि ओलम्पिक सञ्चालन गर्न नसकेमा जापानको अर्थतन्त्र अझ लामो समय धरासायी बन्ने विश्लेषण गरिएको छ ।

अर्को बर्ष टोकियो ओलम्पिक सम्पन्न गर्नका लागि कोरोना नियन्त्रणको प्र्यासलाई प्रभाबकारी बनाउनु अहिलेको आवश्यकता हो जुन सुगाको थाप्लोमा आइपरेको छ । जे होस्, १ बर्ष उनले कसरी देशलाई नेतृत्व गर्छन् त्यसले जापानलाई पछि सम्म प्रभाब पार्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)