बुधबार, बैशाख २६, २०८१

हिमाली जिल्ला रसुवा बन्यो कोरोना सक्रिय बिरामी मुक्त जिल्ला


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०७७
  • 1.8K
    SHARES

रसुवा,२ असोज।

देशैभर कोभिड–१९ संक्रमणका बिरामीहरुको संख्या बढिरहेको समयमा हिमाली जिल्ला रसुवा भने कोरोना सक्रिय बिरामी मुक्त जिल्ला बनेको छ । सदरमुकाम धुन्चेको आइसोलेसन उपचारत एक महिलाको पछिल्लो स्वाबको नतिजा नेगेटिभ आए सँगै जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

सक्रिय संक्रमित बिरामी सहित परीक्षण भएका सबै स्वाबको नतिजा नेगेटिभ आए पछि रसुवा जिल्ला कोभिड–१९ संक्रमित सक्रिय बिरामी मुक्त बनेको हो ।

कोरोना जितेर डिस्चार्ज हुने पछिल्लो महिला सहित रसुवामा हालसम्म बीस जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । पछिल्लो समय रसुवा जिल्ला कोरोना संक्रमित सक्रिय हुदाँ सतहतरौ जिल्ला बन्न पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }