सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास निर्वाचन समिति गठन


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 34
    SHARES

समाचारदाता

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ । शनिबार अनेसासका अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ । समितिमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे  रहेका छन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचनले यसपटक १७ औँ अध्यक्षलाई निर्वाचित गर्ने छ । विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय जति आजीवन सदस्य रहेको छ । यसरी विश्वभर यति ठूलो सञ्जाल भएको यो एकमात्र पुरानो र सक्रिय साहित्यिक संस्था हो ।

भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरिने कार्ययोजना सहित निर्वाचन गरिने अध्यक्ष गोवर्ध्दन पूजाले बताए । यसपटकको निर्वाचनले एक-एकजना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १-१ जना उपाध्यक्ष गरि पाँचजना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । १७ जनाको कार्यसमिति पूरा गर्न दुई जना सदस्य मनोनित गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }