सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

न्यूह्यामसायरमा कोठे कविता वाचन एवम् स्रष्टा सम्मान


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 34
    SHARES

न्यूह्यामसायर , अमेरिका ।अनेसास न्यूह्यामसायरको आयोजनामा कंकर्ड न्यूह्याम्पसायरमा कोठे कविता बाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

अनेसासका केन्द्रीय अध्यक्षन गोवर्ध्दन पूजाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथी कवयित्री किरण कार्जित, लौरी भाशिली, ईश्वरी भट्ट र दिपा राई पुनले कविता वाचन र मन्तव्य व्यक्त गरेका थिए।

च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवयित्री किरण कार्जितलाई सम्मन गरिएको थियो।  कार्यक्रममा कवि रामचन्द्र भण्डारी, सर्जन वि सी, निगम रिमाल, मोहन निरौला, पुष्पमान जोशी,  तारादेवी न्यौपाने, नवीन शर्माले लगायतले पनि आफ्ना रचना वाचन गरेका थिए।  मन्तव्यका क्रममा  किरण कार्जित, लौरी भासिलीले आफ्नो भाषा , साहित्य र संस्कृतिको संरक्षण गर्नु पर्ने बताए ।

केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाले अनेसास न्यू ह्याम्पसायरको कामको चर्चा र प्रशंसा गर्दै साहित्यबाट आफूले मनोरञ्जन लिने गरेको बताए । संस्थाका पूर्व सचिव साहित्यकार रामचन्द्र भण्डारीले किरण कार्जितको परिचयात्मक टिप्पणी गरेका थिए भने अध्यक्ष हरिमाया अधिकारीद्वारा कार्यक्रम रोचक रहेको बताउदै सबैमा धन्यवाद व्यक्त गरिएको थियो । कार्यक्रममा गायिका पविता परिवारले मीठो गीत गाउनुका साथै लाइब्रेरीहरूमा नेपाली पुस्तकहरू राख्न सल्लाह दिइन् । कार्यक्रम संस्थाका महासचिव नन्द शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }