शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कराते खेलाडी सुवास घतानेलाई भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत पदक


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ३०, २०७७
  • 722
    SHARES

काठमाडौं ।  नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन् । सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन् । सो स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले कांस्य जिते ।

एपीएफका सुवासले त्यसअघि नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा भने स्वर्ण जितेका थिए । उनले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । सोतोकान करातेका सुवासले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा रजत जितेका थिए ।

दुवै राष्ट्रिय खेलकुदमा भने सुवासले कुमुतेमा प्रतिस्पर्धा गरेका थिए । सातौंमा ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौंमा ६७ केजीमा खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)