आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईसीसी क्रिकेट विश्वकप लिग २

त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०८३
  • 63
    SHARES

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै छ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौँ स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ ।

लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ । नामिबिया अंकतालिकामा २८ खेलमा २२ अंकसहित सातौँमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

नेपालको टोली रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)