बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय पाश्र्वगायक कुमार सानु पनि कोरोना संक्रमित


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ३०, २०७७
  • 744
    SHARES

कोरोनाभाइरसले विश्वभर नै पाइला राख्दैछ । यस भाइरसको कहर महिनौंदेखि निरन्तर जारी छ । रोकिने, कम हुने कुनै संकेत छैन । भारतीय फिल्म उद्योगमा पनि कोरोनाको असर देखिएको छ । हालै मात्र हिन्दी फिल्मका सदाबहार पाश्र्वगायक कुमार सानु पनि कोरोना संक्रमित भएका छन् ।

कुमार सानु आफ्ना परिवारका सदस्य भेट्न अमेरिकाको लस एन्जलस जाने कार्यक्रम थियो । यसअघि नै उनी संक्रमित भेटिए, र उनको योजना पनि रद्द भएको छ । यस सम्बन्धी खबर उनले फेसबुक पेजबाट दिएका छन् । उक्त पोस्टमा उनले लेखेका छन्ः “दुर्भाग्यवस सानु दा (कुमार सानु)मा कोरोना पोजेटिभ देखियो ।” खबर अनुसार कुमार सानुको मुम्बईस्थित घरलाई सिल गरिएको छ ।

हालै मात्र सानुले संचार माध्यमसँग कुरा गर्दै पूरै लकडाउन अवधिमा आफूले काम गरेको जानकारी दिएका थिए । नौ महिनादेखि आफ्ना परिवारका सदस्यसँग भेट नभएको भन्दै उनले आफू चाँडै लसएन्जलस जाने योजना बनाएको बताएका थिए । उनकी पत्नी र छोरीहरु अमेरिकाको लसएन्जलसमा बस्ने गर्दछन् ।

अहिले कुमार सानु क्वारेन्टिनमा छन् ।

कुमार सानुका छोरा जन सानु बिस बोसको घरमा छन् । जन सानुले बिग बोसमा आफ्ना निजी जिन्दगीका अनेक पाटा खोल्दैछन् । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)