शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

शुक्रबारको खेलमा कोलकाता नाइट राइडर्स ८ विकेटले पराजित

केकेआरले प्रस्तुत गरेको १४९ रनको सानो लक्ष्य मुम्बई इन्डियन्सले १६.५ ओभरमा २ विकेट गुमाएर प्राप्त गर्यो


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०७७
  • 747
    SHARES

अबुधाबी। इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ८ विकेटले पराजित गरेको छ ।

केकेआरले प्रस्तुत गरेको १४९ रनको सानो लक्ष्य मुम्बई इन्डियन्सले १६.५ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको थियो ।

मुम्बई इन्डियन्सका लागि कप्तान रोहित शर्माले ३५, क्वीन्टन डी ककले अविजित ७८, सूर्य कुमार यादवले १० र हार्दिक पान्ड्याले अविजित २१ रन बनाएका थिए ।

टस जिती पहिले ब्याटिङ रोजेको केकेआरको बोर्डमा स्कोर ६० रन हुँदै पाँच विकेट गुमाएर दबाबमा परेको थियो । तर कप्तान इयोन मोर्गन र प्याट कमिन्सले ९.२ ओभर खेल्दै ८७ रनको साझेदारी गरेका थिए ।

कमिन्सले ३६ बलमा ५३ र मोर्गनले २० बलमा ३२ रन बनाएका थिए । अन्तिम ओभरमा २१ रन जोडेको केकेआरले ५ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

शुक्रबारको खेलमा केकेआरको कप्तानी इयोन मोर्गनले गरेका थिए । केकेआरका कप्तान दिनेश कार्तिकले टिमको कप्तानबाट राजीनामा दिएपछि मोर्गनलाई कप्तानी जिम्मेवारी दिइएको हो ।

आइपिएलका सात खेल खेलेपछि कार्तिकले एकाएक राजीनामा दिएका थिए । राजीनामाका बारेमा अनेक अडकलबाजी गरिए पनि उनले आफूले ब्याटिङमा बढी ध्यान दिन चाहेको स्पष्टीकरण दिएका थिए ।

अंक तालिकामा केकेआर सात खेलबाट ८ अंक बटुल्दै चौथो स्थानमा छ विजयी मुम्बइ इन्डियन्स १२ अंक सहित रनरेटका आधारमा पहिलाे स्थानमा उक्लेकाे छ ।

केकेआर टिम

राहुल त्रिपाठी, शुभमन गिल, नितिश राना, दिनेश कार्तिक, इयोन मोर्गन, आन्द्रे रसेल, क्रिस ग्रिन, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, शिभम माभी, वरुण चक्रवर्ती

मुम्बई इन्डियन्स

रोहित शर्मा (कप्तान), क्वीन्टन डी कक, सूर्य कुमार यादव, इसान किसन, हार्दिक पान्ड्या, कायरोन पोलार्ड, क्रुनाल पान्ड्या, राहुल चहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह, नाथन कुल्टर नाइल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)