शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशी खेलाडीलाई सहयोग


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०७७
  • 413
    SHARES

काठमाडौं।  फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।

लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।

आर्थिक हिसाबमा समेत आप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ । विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सयहोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशि लागेको बताउनुभयो ।

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)