शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

शनिबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पाँच विकेटले पराजित गर्यो


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २, २०७७
  • 548
    SHARES

दुबई। इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) का खेलहरुमा जित हारको शृंखलामा देखिएका उतारचढाबका कारण वास्तवमै रोमाञ्चक हुँदै गएका छन् । सिरिजमा सबै टिम सशक्त छन् र जस्तोसुकै नतिजा आउन सक्छ ।

शनिबारको दोस्रो खेल पनि त्यस्तै भयो । तीन पटकको आइपिएल च्याम्पियन चेन्नाई सुपर किंग्सलाई यसपटक सशक्त प्रदर्शन गरिरहेको दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा पाँच विकेटले पराजित गरिदियो ।

खेलका नायक बने बायाँ हाते ब्याट्सम्यान शिखर धवन । उनले दिल्लीका लागि ५८ बलमा अविजित १०१ रन बनाए । उनको आइपिएलमा यो पहिलो शतक हो । उनले १४ चौका र १ छक्का प्रहार गरेका थिए ।

तर अन्तिम ओभरमा दिल्लीलाइ १७ चाहिएकाे थियाे । अक्षर पटेलले ५ बल खेल्दै लगातार तीन छक्का प्रहार गरी २१ रन बनाएका थिए ।

यस खेलमा दिल्लीका लागि कप्तान श्रेयस ऐयरले २३, मार्कस एस्टोइनसले २४ रनको योगदान दिएका थिए ।

यसअघि टस जितेर चेन्नाईले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा चेन्नाईले ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । चेन्नाईका लागि फाफ डु प्लेसिसले ५८, सेन वाट्सनले ३६, अम्बाटी रायडुले ४५ तथा रविन्द्र जडेजाले १३ बलमा ३३ रन बनाएका थिए ।

कप्तान एम एस धोनी भने ३ रनमात्र बनाएर आउट भए ।

यो जितसँगै दिल्ली क्यापिटल्सले ९ खेलबाट १४ अंक बटुल्न सफल भएको छ । अंक तालिकामा दिल्ली पहिलो स्थानमा छ ।

चेन्नाई भने ९ खेलबाट ६ अंक सहित छैटौं स्थानमा छ । आइपिएलमा कूल ८ वटा टिमले भाग लिएका छन् ।

                                        अंक तालिका

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)