शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबाद नाटकीय रुपमा सुपर ओभरमा पराजित


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २, २०७७
  • 605
    SHARES

अबुधाबी।  इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबाद नाटकीय रुपमा सुपर ओभरमा पराजित भएको छ ।

सनराइजर्स र कोलकाता नाइट राइडर्स (केकेआर) बीचको खेल फेरि “टाई” भएपछि सुपर ओभरमा गएको थियो । सुपर ओभर पनि रोमाञ्चपूर्ण बनेको थियो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गर्न उत्रेको सनराइजर्सका लागि कप्तान डेभिड वार्नर र जोनी बेयरस्टो क्रिजमा आएका थिए । तर केकेआरका लागि लकी फर्गुसनले पहिलो बलमै वार्नरलाई ० रनमै पेभिलियन फर्काए ।

त्यसपछि ब्याटिङमा अब्दुल समाद आए, तर उनी पनि व्यक्तिगत २ रन जोडर फर्गुसनकै बलमा आउट भए ।

त्यसपछि जितका लागि ३ रनको चुनौती पाएको केकेआरले ४ बलमा लक्ष्य पूरा गरेर खेल जित्यो । यो जितसँगै केकेआरले ९ खेलबाट १० अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
कसरी भयो टाई ?

टस हारेर ब्याटिङको निम्तो पाएको केकेआरले ५ विकेट गुमाएर १६३ रनको मध्यम स्कोर खडा गरेको थियो । केकेआरका लागि शुभमन गिलले ३६, राहुल त्रिपाठीले २३, नितिश रानाले २९, आन्द्रे रसेलले ९, इओन मोर्गनले ३४, दिनेश कार्थिकले २९ रन बनाएका थिए ।

जितका लागि १६४ रनको लक्ष पछ्याएको सनराइजर्सले २० ओभरमा १६३ रन नै बनाएको थियो । कप्तान डेभिड वार्नरले ४७ रन बनाएका थिए । जितका लागि अन्तिम बलमा २ रन चाहिए पनि उनले १ रन मात्र बनाएका थिए । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)