बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिसेस नेपाल

भक्तपुरकी निर्जना पलान्चोके श्रेष्ठ बनिन् मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२० को विजेता

पत्रकार लक्ष्मी खतिवडा दोश्रो र अनिला वन्त तेस्रो


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक ३, २०७७
  • 558
    SHARES

काठमाडौं।   सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ ।

उक्त प्रतियोगीतामा भक्तपुरकी निर्जना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो भने त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ ।

उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहनु भएको थियो ।

नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो उक्त कार्यक्रममा अन्तिम छनौटमा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए उक्त प्रतियोगीतामा महिलाहरुको आफ्नो आन्तरिक कलाहरु जस्तै एक्टीङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि विषयमा प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो वनाएर पठाउनु भएको थियो  र उक्त भिडियोे छनोट  पछि सिजन मिडियाको अफिसियल फेसवुकमार्फत सार्वजनिक गरिएको थियो भने मूल्याङकनको लागि लाइक सेयर को आधारमा २५ प्रतिशत नम्वर अनलाइन र एसएमएस भोटिङवाट ५० प्रतिसत नम्वर र निर्णायक मण्डलको मूल्याङ्कनबाट २५ प्रतिसत गरि विजेता छनोैट गरिएको हो ।

उक्त विजेताहरुलाई २०७७ सालको दशै पछि लगत्तै पुस्कार वितरण तथा सम्मान गरिने  आयोजक सिजन मिडिाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)