आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका

मतदानको दिन नजिकिदै जाँदा राष्ट्रपति ट्रम्प थप आक्रामक रुपमा प्रस्तुत

विज्ञ डा. एन्थोनी फाउचीप्रति राष्ट्रपतिद्वारा सोमबार आक्रोस व्यक्त


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ४, २०७७
  • 1.0K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आउनुभएको छ ।

अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उहाँले सोमबार आक्रोस व्यक्त गर्नुभएको छ । देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उहाँले चुनावी अभियानका क्रममा भोगेकामध्ये सवैभन्दा नराम्रो दवाव भोग्नु प¥यो ।

चुनावी अभियानका क्रममा उहाँले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिनुभएको छ । उहाँले फाउचीलगायतका विज्ञहरुमाथिको उहाँको अभिव्यक्ति सवैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ ।

उच्च तहका विज्ञ फाउचीलाई उहाँले टिभीमा जादै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गर्नुभएको छ । “फाउची र उनीहरु जस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था विग्रिएको हो,” ट्रम्पले भन्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)