बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्यकार पदम विश्वकर्माको ‘यसपालिको दसैं मान्न घरै आउनु कान्छा ’बोलको गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ६, २०७७
  • 709
    SHARES

अमेरिका।  साहित्यकार पदम विश्वकर्माको ‘यसपालिको दसैं मान्न घरै आउनु कान्छा ’बोलको गीत सार्वजनिक भएको छ । साहित्यकार पदम विश्वकर्माको शब्द र राम कार्की सगीत अनि कृष्ण भक्त राईको स्वरमा रहेको ‘यसपालिको दसैं मान्नघरै आउनु कान्छा’ बोलको गीत सार्वजनिक भएको हो ।

यसपालिको दसैं मान्न घरै आउनु कान्छा, 
कसैगरी टिका थाप्न घरै धाउनु कान्छा , घरै धाउनु कान्छा ।
यसपालिको दसैं मान्न ।
केटाकेटी लालाबाला कति खुशी होलान् , महिना दिनै बस्ने गरी छुट्टी ल्याउनु कान्छा ।
यसपालिको दसैं मान्न ।

दसैं विशेष बोलको गति युट्युवमार्फत सार्वजनिक भएको छ । अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मा अनवरत रुपमा नेपाली साहित्यको सम्वद्र्धन र प्रवर्द्धनमा लागि परेका छन् । अनेसास केन्द्रीय समितिमा दुई कार्यकाल अध्यक्ष भइसकेका विश्वकर्मा बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष समेत भइसकेका छन् ।

विश्वकर्माको ‘तमसुक’ कथा संग्रह र शब्द सुमन कविता संग्रह पुस्तक प्रकासित छ । यस अघि साहित्यकार विश्वकर्मा शब्दमा रहेका यस अघि सोच तिम्रो शीर्षकको गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)