शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २३, २०७७
  • 758
    SHARES

पोखरा। कोरोना संक्रमणको जोखिम र लामो लक डाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ ।

गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् ।

विगतभन्दा संख्यात्मक हिसाबले कम भएपनि लक डाउन पछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ । अहिले देशभरीका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपी डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ ।

विगत वर्षहरुमा दैनिक ८ सय भन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले २ सय हाराहारीमा पर्यटन आउने गरेका छन् ।

अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा छन् । विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् ।

नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताउनुभयो ।

फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वाथ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ ।  तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ । प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानीटाइजर गरेर पुनःप्रयोगमा ल्याइने गरेको छ । डुंगामा भौतिक दुरी कायम गर्ने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)